संसदमा राप्रपाको हुंकार- यो ट्रेलर मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ « Khabarhub

संसदमा राप्रपाको हुंकार- यो ट्रेलर मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरू डराएको दाबी गरेकी छन् ।

 मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रेलरमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताइन् ।

उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको भूत ?  उहाँसँग प्रश्न गर्न चाहन्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रेलर मात्र हो ।अरु जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरू थपिएभने जुन भिड आउँछ । त्यो देखेर नआत्तिनू होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला ।’

सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । 

उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।’
 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४१ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम