काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरङगित हुँदा राजावादीहरू खुसी भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा मंगलबार बोल्दै उनले सदन राजाको नामले तरङगित हुँदा राजावादीहरू खुसी भएको बताएका छन् ।
‘आज सदन राजाको नामले तारगीत हुँदा हामीहरू खुसी छौँ । फागुन ७ गते राजाबाट सम्बोधन भयो । अहिले वर्तमान व्यवस्थाले जनताको हित गर्न सक्दैन भन्ने सन्देश आयो ।’ उनले भने, ‘पोखराबाट पूर्वराजा फर्कँदा नेपाली जनताले स्वत: स्फूर्त सहयोग गरे । म धन्यवाद दिन्छु । हामीले संविधान हेरेका छौँ पढेका छौँ । राजसंस्थाको उपस्थिति हामीले पार्टीको नीतिमै समेटेका छौँ ।’
उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले व्यवस्था परिवर्तन हुन नसक्ने कुरा संविधानमा उल्लेख नभएको दाबी गरे ।
प्रतिक्रिया