सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान « Khabarhub

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

वित्तीय सेवा प्रदायक कम्पनी क्रिसिल इन्टिलिजेन्सले सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न अनिश्चितताका बावजुद सन् २०२६ मा भारतको कुल ग्राहस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने उल्लेख छ ।

उक्त संस्थाले सन् २०२६ मा मनसुन सिजन र उपभोक्ता मूल्य सामान्य रहने र यस कारण खाद्य सामग्रीको मूल्य स्थीर रहने पूर्वानुमान गरेको छ । खाद्य सामग्रीमा मुद्रास्फीति घट्दै गएको र सरकारले पनि करदातालाई राहत दिने नीति ल्याएकाले उपभोगमा वृद्धि हुने क्रिसिलको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका कार्यकारी निर्देशक तथा सीईओ अमिश मेहताका अनुसार यस अवधिमा उत्पादन र सेवा क्षेत्रले भारतीय अर्थतन्त्रको सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । सन् २०२५ देखि सन् २०३१ सम्म भारतमा उत्पादन क्षेत्रको औसत वृद्धि ९ प्रतिशत हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : २१ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई