सन् २०२५ मा ताइवानमा भारतीय पर्यटकको संख्या २० प्रतिशतले बढ्ने « Khabarhub

सन् २०२५ मा ताइवानमा भारतीय पर्यटकको संख्या २० प्रतिशतले बढ्ने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताइवानको पर्यटन प्रवद्र्धन निकायले वर्ष सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा भारतीय पर्यटकको आगमन २० प्रतिशतले वृद्धि हुने जनाएको छ । ताइवान पर्यटन प्रशासन (टीटीए)का अनुसार सन् २०२४ मा ३८ हजार भारतीय पर्यटकले ताइवानको भ्रमण गरेका थिए ।

वर्ष सन् २०२५ मा भने भारतीय पर्यटकको सङ्ख्या २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको टीटीएले जनाएको छ । यस वर्ष ताइवानमा कुल ७५ लाख पर्यटकले भ्रमण गर्ने टीटीएको सिंगापुर कार्यालयका निर्देशक पउल सिहले जनाएका छन् ।

ट्राभल ट्रेड जर्नलका अनुसार उनले ताइवान भ्रमण गर्न आह्वान गर्दै भारतमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत उल्लेख गरेका छन् । भारतीय पर्यटकलाई ताइवान भ्रमण गर्न प्रोत्साहन गर्नका लागि हवाई सेवा कम्पनी, टुर कम्पनीजस्ता संस्थाहरुसँग पनि सहकार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४२ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९