सन् २०२५ मा ताइवानमा भारतीय पर्यटकको संख्या २० प्रतिशतले बढ्ने « Khabarhub

सन् २०२५ मा ताइवानमा भारतीय पर्यटकको संख्या २० प्रतिशतले बढ्ने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताइवानको पर्यटन प्रवद्र्धन निकायले वर्ष सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा भारतीय पर्यटकको आगमन २० प्रतिशतले वृद्धि हुने जनाएको छ । ताइवान पर्यटन प्रशासन (टीटीए)का अनुसार सन् २०२४ मा ३८ हजार भारतीय पर्यटकले ताइवानको भ्रमण गरेका थिए ।

वर्ष सन् २०२५ मा भने भारतीय पर्यटकको सङ्ख्या २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको टीटीएले जनाएको छ । यस वर्ष ताइवानमा कुल ७५ लाख पर्यटकले भ्रमण गर्ने टीटीएको सिंगापुर कार्यालयका निर्देशक पउल सिहले जनाएका छन् ।

ट्राभल ट्रेड जर्नलका अनुसार उनले ताइवान भ्रमण गर्न आह्वान गर्दै भारतमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत उल्लेख गरेका छन् । भारतीय पर्यटकलाई ताइवान भ्रमण गर्न प्रोत्साहन गर्नका लागि हवाई सेवा कम्पनी, टुर कम्पनीजस्ता संस्थाहरुसँग पनि सहकार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका