संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै « Khabarhub

संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक बस्दै


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ।

यस्तै राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीसँग छलफल हुनेछ।

यस्तै दिउँसो १ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (संचालन तथा व्यवस्थापन) विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ०४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित