सुनको मूल्य एकैदिन ३ हजार ९ रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य एकैदिन ३ हजार ९ रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 


२८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज थप नयाँ उचाइमा पुगेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यससँगै सुनको मूल्य लगातार तीन दिन बढेको छ ।  
 
हिजो सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।  

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : ०१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई