वैतेश्वरका सीमाक्षेत्रमा जोडिँदै सिसी क्यामेरा « Khabarhub

वैतेश्वरका सीमाक्षेत्रमा जोडिँदै सिसी क्यामेरा


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले आफ्नो सीमाना क्षेत्रलाई सिसी क्यामेराको निगरानीमा राख्ने भएको छ ।

गाउँपालिकाको सिमाना क्षेत्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गरेर सिसी क्यामेरा जडान कार्य सुरु गरेको वैतेश्वर गाउँपालिकाका सूचना अधिकारी एवं कम्प्युटर इन्जिनियर रोशन कुमार गिरीले जानकारी दिए ।

गाउँपालिकाले आफ्नो सीमा जोडिएको जिरी र वैतेश्वरको खावामा अत्याधुनिक प्रविधिको पिटीजेट सिसी क्यामेरा राखेको छ । त्यसैगरी दोस्रो अत्यधिक सवारी र मानिस ओहोरदोहोर हुने तामाकोशी बजारको वैतेश्वर क्षेत्रमा क्यामेरा जोडिएको छ।

तामाकोशी बजार जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका र वैतेश्वर गाउँपालिकाको संगम स्थल हो ।

गाउँपालिकाले यहाँ पनि सिसी क्यामेरा मार्फत निगरानी गर्ने भएको हो । त्यसैगरी वैतेश्वर र तामाकोशी गाउँपालिकाको सीमा नाका गोपिखोलामा सिसी क्यामेराको निगरानीमा राखिएको छ । 

बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान सहज बनाउन सिसी क्यामेराबाट निगरानी बढाइएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।

गाउँपालिका प्रशासन तथा स्थानीय सुरक्षा निकाय, इलाका प्रहरी कार्यालय मैनापोखरी, अस्थायी प्रहरी चौकी पुतलिकाठले निगरानी गर्ने गरी सिमाना क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको अध्यक्ष लामाले बताए ।

उक्त सिसिटिभीको गाउँपालिकाले कार्यालयबाटै  निगरानी गर्न सकिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यस अघि पनि पालिका भित्रका मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा राखिसकेको छ।

पालिकाले छुटेका तथा अन्य पालिकासँग सिमाना जोडिएको र बाकी सार्वजनिक सम्पत्ति भएका स्थलमा  पनि सिसी क्यामेरा राख्ने जनाएको छ। ‍-सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : १५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित