ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता हुने « Khabarhub

ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता हुने


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मस्कट– संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता हुने भएको छ । शनिबार ओमनको राजधानी मस्कटमा दुवै देशका प्रतिनिधिले उच्चस्तरीय वार्ताको तयारी थालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रत्यक्ष’ वार्ताको रूपमा वर्णन गर्दा इरानले भने यसलाई तेस्रो पक्षहरूमार्फत मध्यस्थता गरी ‘अप्रत्यक्ष’ रुपमा हुने वार्ताको संज्ञा दिएको छ ।

गत सोमबार ट्रम्पले इरानको आणविक कार्यक्रमबारे ‘प्रत्यक्ष’ वार्तामा संलग्न रहेको जनाएका थिए । तर, मंगलबार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले ओमानमा अप्रत्यक्ष उच्चस्तरीय वार्ता हुन सक्ने उल्लेख गरेका थिए ।

इरानी सञ्चारमाध्यमका अनुसार ओमानमा हुने वार्ताका लागि इरानी विदेशमन्त्री अराघची र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

गत महिना प्रत्यक्ष आणविक वार्ताका लागि ट्रम्पले सार्वजनिक आह्वान गरेका थिए । कूटनीतिक प्रयास असफल भएमा इरानविरुद्ध सैन्य विकल्पहरूमा जाने ट्रम्पले चेतावनी दिएका थिए ।

ओमानले अमेरिका र इरान दुवैसँग लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । मध्यपूर्वमा तनाव बढ्दै जाँदा ओमनले तटस्थ भूमिका पनि खेल्दै आएको छ ।

सन् २०२० को शुरुमा अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीच ठूलो युद्ध हुने जोखिम बढेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : १५ बजे

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७