कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान « Khabarhub

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपालको परम्परागत रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय हराउँदै गएको छ । नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बालीको खेती घट्दै गएको छ ।

कोदोको महत्त्व बिर्सेका किसान अहिले नगदेबालीतर्फ आकर्षित भएका दोगडाकेदार–३ श्रीकोटका ६८ वर्षीय नन्दराज भट्टले बताए । उनले भने, ‘कोदोको महत्त्व बिर्सेका किसान अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । त्यसले गर्दा कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् ।’

यसैबीच जिल्लाको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्द्धन गर्न किसानलाई चार लाख रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवर्द्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । 

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई चार लाख रुपैयाँ बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । कोदोखेती गर्ने किसानले प्रतिरोपनी रु ७०० का दरले अनुदान पाउने जनाएको छ । 

गाउँपालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष साउदले बताए ।

उनले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय भएको बताए । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा परिवर्तन आएको छ । 

कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने गरेको छ । यसका साथै कोदोमा फाइबर, प्रोटिन र खनिजजस्तै क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत पुर्‍याउँछ । साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ ।
 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ३० बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र