रास्वपा सचिवालय बैठक : वैशाखमा महाधिवेशन नहुने, निर्णयको जिम्मा कमिटीलाई « Khabarhub

रास्वपा सचिवालय बैठक : वैशाखमा महाधिवेशन नहुने, निर्णयको जिम्मा कमिटीलाई


२८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति रवि लामिछाने जेल गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको वैशाखमा हुने महाधिवेशन अनिश्चित बनेको छ ।

लामिछाने जेल गएपछि यही बुधबार र बिहीबार बसेको सचिवालय बैठकले वैशाखमा हुने महाधिवेशनबारे कुनै निर्णय नगरेको नेताहरूले बताएका छन् ।

सचिवालय बैठकमा वैशाखमा महाधिवेशन गर्न नसकिने दिशामा छलफल भएको थियो। तर यसको निर्णय २०८२ वैशाख ४ गते बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने भएको छ ।

सचिवालय बैठकमा जनयात्रा अभियानलाई अगाडि बढाउने निर्णय भएको छ । महाधिवेशन गर्न नसक्ने अवस्थाबारे महामन्त्री र अन्य पदाधिकारीले केन्द्रीय कमिटीमा राख्नुपर्ने गरी सचिवालय बैठकमा छलफल चलेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  २ : ३२ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित