अहिंसा र मानवतावाद अहिलेको आवश्यकता, महावीरबाट सिक्दै सत्कर्ममा हिँडौँ : मुख्यमन्त्री सिंह « Khabarhub

अहिंसा र मानवतावाद अहिलेको आवश्यकता, महावीरबाट सिक्दै सत्कर्ममा हिँडौँ : मुख्यमन्त्री सिंह


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताए । जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले अहिंसाको सत्मार्गलाई सबैले पालना गरेर अघि बढ्नुपर्ने धारणा राखे।

‘मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्’, मुख्यमन्त्री सिंले भने, ‘जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।’

उनले अहिंसा र मानवतावाद नै अहिलेको आवश्यकता रहेको धारणा राखे । 

फरक प्रसङ्गमा मुख्यमन्त्री सिंहले पर्साको सिर्सिया नदीको प्रदूषणलाई स्थानीय र प्रदेश सरकारले हातेमालो गरेर स्वच्छ र हराभरा बनाउनुपर्ने धारणा राखे । ‘सिर्सिया नदी कुनै कालखण्डमा स्वच्छ र पवित्र नदी भएकाले यहाँ स्नान गरेमा पनि विभिन्न खालका रोगव्याधी निको हुने जनविश्वास रहेको थियो तर त्यस्तो रहेन, प्रदूषणका कारण निकै समस्या भएको छ । अब सबै मिलेर यसलाई सफा गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।’

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भगवान् महावीरको अहिंसाको बाटोलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।  

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : ३८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक