म्याद दिँदै अदालतले भन्यो- क्यान्सरका बिरामी प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू « Khabarhub

म्याद दिँदै अदालतले भन्यो- क्यान्सरका बिरामी प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले क्यान्सरको बिरामीसमेत रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन प्रहरीलाई आदेश दिएको छ।

बिहीबार भारतको आसाममा पक्राउ परेका उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिँदै अदालतले उपचारको व्यवस्था गर्न पनि भनेको हो ।

राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अदालतले प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिएको छ । प्रसाईं र बडिगार्ड खड्कालाई जिल्ला प्रहरी परिसर भद्रकालीको हरासतमा राखिनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : ०७ बजे

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको