गर्भनर नियुक्तिमा सरकार ‘कुहिरोको काग’ बन्दा शेयर बजार ओरालो | Khabarhub Khabarhub

नेप्से साता समीक्षा

गर्भनर नियुक्तिमा सरकार ‘कुहिरोको काग’ बन्दा शेयर बजार ओरालो

सातामा ३२.६९ अङ्कले घट्यो नेप्से


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनलाई देखाएर करिब ३ महिना अघिदेखि शेयर बजारमा विभिन्न हल्ला चलाउन थालिएको थियो ।

अधिकारी गत चैत २२ गते शुक्रबार आफ्नो ५ वर्षीय कार्यकाल सकेर बिदा भए । ५ वर्षको अवधिमा गभर्नरले ५ वटा मौद्रिक नीति ल्याउँदा एउटा मौद्रिक नीति शेयर बजारमैत्री ल्याए ।

बाँकी ३ वटा शेयर बजारलाई ध्वस्त पार्ने थिए । आफ्नो कार्यकालयको अन्तिम मौद्रिक नीति भने गभर्नर अधिकारीले शेयर बजारको क्षेत्रमा विगतमा गरेको गल्ती केही सुधार गरेर गएका थिए ।

गभर्नर अधिकारीले राष्ट्र बैङ्कबाट बिदा लिंदै गर्दा आउने गभर्नरको लागि विभिन्न सुझाव दिँदै बाहिरिएका थिए । गभर्नर अधिकारी औपचारिक रुपमा बाहिरिँदा लगानीकर्ताले दीप प्रज्ज्वलन गरेर खुसियाली व्यक्त गरे ।

विगतदेखि नै लगानीकर्ताले गभर्नर अधिकारी घर जाँदै गर्दा बजारले कम्तीमा २०० अङ्कको बढोत्तरी हुने अनुमान गर्दै आएका थिए । तर, अधिकारी गएको साता भने त्यसको उल्टो भयो ।

चैतको अन्तिम साता अर्थात् चैत २४ गतेदेखि २८ गतेसम्म शेयर बजार ४ दिन मात्र कारोबार भयो । आइतबार सार्वजनिक बिदा भएकाले गर्दा शेयर कारोबार भएन । सातामा ४ दिनमात्र शेयर कारोबार हुँदा बजारमा भने खासै उत्साह देखिएन । सातामा ३ दिन बजार घट्यो भने एक दिनमात्र बजार बढ्यो ।

पूरा सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.६९ अङ्कले घट्यो । अघिल्लो साताको बिहीबार २७७० बिन्दुमा रहेको नेप्से परिसूचक चार दिनको अवधिमा दैनिक औसतमा ८.१७२५ अङ्कले घटेर यो साताको बिहीबारसम्म आइपुग्दा २६७०.७० बिन्दुमा आइ पुग्यो ।

कारोबारको हिसाबले हेर्दा सातामा ठीकै कारोबार भयो । चार दिनको अवधिमा जम्मा २१ अर्ब ९ करोड ११ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औसतमा ५ अर्ब २७ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

समग्र सातामा ४ करोड २१ लाख १६ हजार ८८२ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ५ लाख २९ हजार २२० कित्ता शेयर कारोबार भयो ।

सातामा २ लाख ३ हजार ९३० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ५० हजार ९८३ पटक शेयर किनबेच भयो । औसतमा दैनिक ३२० वटा कम्पनी कारोबारमा आए ।

गभर्नर अधिकारी बाहिरिए पनि अर्का गभर्नर को आउने ? भन्ने अहिलेसम्म टुङ्गो लागि नसकेकाले बजार घटेको शेयर विश्लेषक राजु पौडेल बताउँछन् ।

‘गभर्नर त बाहिरिए तर अब नयाँ गभर्नर को बन्लान् ?, खस्केको शेयर बजार, मौद्रिक बजार बुझ्ने व्यक्ति नियुक्त हुन्छन कि हुँदैनन् ? कहीँबाट झोले ल्याएर नियुक्त गर्छन् कि भन्ने अन्योलता छ’, पौडेलले भने, ‘निलम ढुङ्गानालाई कार्यवाहक दिइएको छ, उनको पनि कताकता चर्चा आइरहेको छ ।’

घर जान लागेका गर्भनरलाई गालीको वर्षा !

फागुनदेखि नै गभर्नर अधिकारीको ‘बहिर्गमन’ भन्दै शेयर बजारमा उचार–चढाव हुन थालेको बजारमा गभर्नर घर फर्किंदासमेत समेत शेयर बजार भने राताम्य नै भयो । गभर्नर अधिकारीको शुक्रबार औपचारिक बहिर्गमनपछिको पहिलो शेयर बजारमा भने बाढी नै गयो ।

एउटा कारण भनेको गभर्नरको र अर्को मसान्तको प्रेसरको कारण बजार घटेको पौडेल बताउँछन् । अन्तर्राष्ट्रिय नीतिका कारण नेपालको बजार मलाई प्रत्यक्ष प्रभाव नपार्ने भएपनि मनोवैज्ञानिक प्रभवा पार्ने भएकाले गर्दा पनि बजार घटेको पौडेल बताउँछन् ।
नेपालको शेयर बजारमा एनआरएनलाई समेत नभित्र्याएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपालाई नपर्ने पौडेल बताउँछन् ।
‘प्रत्यक्ष रुपमा बजार घट्दा हाम्रो बजारलाई असर पार्ने होइन’, पौडेलले भने, ‘बजार भनेको मनोवैज्ञानिक तरिकाले चल्ने भएकाले त्यसको असर यहाँ परेको हो ।’

गभर्नर नियुक्ति टुङ्गो नलागेकाले बजारमा गिरावट आएको विषयमा साधारण लगानीकर्ता सङ्घका अध्यक्ष ऋतुजङ्ग जिसी पनि सहमत छन् । गभर्नर नियुक्तिको विषयमा पछिल्लो समयमा विवाद उत्पन्न भएकाले त्यसले राजनीतिक अस्थिरता आएको हो कि भन्ने पनि लगानीकर्तामा परेकाले गर्दा अहिले लगानीकर्ताहरू शेयर बेचिरहेको जिसीको बुझाइ छ ।

‘गभर्नको नियुक्तिको विषयले राजनीतिक अस्थिरता आउने खालको खतरा देखियो’, जिसीले भने, ‘त्यसले गर्दा पनि लगानीकर्ता डराएका हुन् ।’

अहिले नयाँ लगानीकर्ता पनि कोही नथपिएको पुरानाले पनि सस्तोमा शेयर बेचेका कारण बजारमा गिरावट आएको जिसी बताउँछन् । अन्तर्राष्ट्रिय बजारको प्रभाव प्रत्यक्ष रुपमा केही नपरे पनि सामान्य रुपमा भने पर्ने भएकाले गर्दा पनि अहिले बजारमा गिरावट आएको जिसीको बुझाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारको बाछिटा त हाम्रो बजारमा पनि परिहाल्छ नि’, जिसीले भने, ‘विगतमा उता घट्दा पनि यता बढेको भए पनि मनोवैज्ञानिक रुपमा अहिले प्रभाव परेको हुन सक्छ ।’

कुन दिन कस्तो थियो बजार ?

यो साताको आइतबार रामनवमी परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदा भएकाले गर्दा शेयर बजार पनि कारोबार भएन ।

तर सोमबार भने बजार राताम्य भएर बन्द भएको थियो । सोमबार नेप्से ३३.३३ अङ्कले घटेर २६७० बिन्दुमा आएको थियो । उक्त दिन नेप्से १.२३ प्रतिशतले घट्दा बजारमा ३७ अङ्कको उतार–चढाव देखिएको थियो । सोमबार नेप्से परिसूचक उच्चतम २७१० बिन्दु र न्यूनतम २६६७ बिन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से राताम्य हुँदा अघिल्लो कारोबार दिनको तुलनामा कारोबारमा भने गिरावट आएको थियो । सोमबार दिनभरमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड १४ हजार ८६६ कित्ता शेयर ५५ हजार ७१२ पटक किनबेच भएको थियो । उक्त दिन ३२२ वटा कम्पनी कारोबारमा आएका थिए ।

नेप्से घट्ने क्रम मङ्गलबार पनि कायम रह्यो । बजार बन्द हुँदा हरियो देखिए पनि अन्तिममा १५ मिनेटको एभरेजिङ गर्दा भने नेप्से मङ्गलबार ३.४४ अङ्कले घटेको थियो ।उक्त दिन नेप्से ०.१२ प्रतिशतले घटेर २६६६.६१ बिन्दुमा आएको थियो । मङ्गलबार बजारमा ४५ अङ्कको उतार–चढाव देखिएको थियो ।

उक्त दिन नेप्से परिसूचक उच्चतम २६७४ बिन्दु र न्यूनतम २६३१ बिन्दुमा पुगेको थियो । मङ्गलबार पनि नेप्से घट्दा पनि कारोबार भने सामान्य नै रहेको थियो । उक्त दिन ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करो ६ लाख ४३ हजार ८६६ कित्ता शेयर ५३ हजार ४९२ पटक किनबेच भएको थियो ।

मङ्गलबार दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आएका थिए । दुई दिन लगातार घटेको बजारमा बुधबार भने हरियाली छाएको थियो । बुधबार नेप्से ९.६६ अङ्कले बढेर २६६६ बिन्दुमा पुगेको थियो । उक्त नेप्से ०.३६ प्रतिशतले बढ्दा ३० अङ्कको उतार–चढाव बजारमा देखियो ।

बुधबार नेप्से परिसूचक उच्चतम २७०१ बिन्दु र न्यूनतम २६७१ बिन्दुसम्म पुगेको थियो । उक्त दिन नेप्से बढ्दा पनि कारोबार रकममा भने गिरावट आएको थियो ।

बुधबार ४ अर्ब ४८ करोड ४६ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर ४५ हजार ९४ पटक किनबेच भएको थियो । उक्त दिन दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आएका थिए ।

एक दिन बजारमा देखिएको हरियाली टिक्न भने सकेन । साताको अन्तिम शेयर बजार घटेर बन्द भएको थियो । बिहीबार नेप्से ५.५७ अङ्कले घटेर २६७०.७० बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.२० प्रतिशतले घट्दा बजारमा २० अङ्कको उतार–चढाव देखियो ।

बिहीबार नेप्से परिसूचक उच्चतम २६८८ बिन्दु र न्यूनतम २६६७ बिन्दुमा पुगेको थियो । बिहीबार नेप्से घट्दा कारोबारमा भने वृद्धि भएको थियो । उक्त दिन ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको थियो ।

बिहीबार बजार अवधिभर ३२१ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ६३२ कित्ता शेयर कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : ५९ बजे

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार

काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको

‘प्रतिपक्षीको आग्रहमा संसद् बैठक दुई दिनपछि सारिएको हो’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद्

लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन् : महासचिव पोखरेल 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालका विभिन्न

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध