राजनीतिक अस्थिरता देश विकासमा बाधक बनेको छ : शंकर पोखरेल « Khabarhub

राजनीतिक अस्थिरता देश विकासमा बाधक बनेको छ : शंकर पोखरेल


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता नै विकासको बाधक बनेको बताएका छन् ।

महासचिव पोखरेलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा गरेको विशेष सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले चीन र भारतको उदारण दिँदै राजनीतिक स्थायित्वबिना विकास सम्भव नहुने बताए ।

लोकतन्त्र स्थापनापछि मुलुकमा थुप्रै विकास, निर्माण र परिवर्तन भएको बताउँदै उनले तथ्यमा रहेर बहस गर्न विरोधीलाई आग्रह गरे ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडक पूर्वाधार तथा मानव विकासको लामै तथ्यांक प्रस्तुत गरेको पोखरेलले राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

‘छिमेकी चीन र भारतमा तीन-तीन कार्यकाल एकै व्यक्ति नेतृत्व गरिरहेको उदाहरण छ । तर हामीकहाँ त्यही अवधिमा कति प्रधानमन्त्री फेरिए, कति जना मन्त्री बने, मुख्यमन्त्री कति फेरिए ? हिसाब छैन,’ पोखरेलले भने, ‘यो सबै राजनीतिक अस्थिरताको कारण हो । राजनीतिक स्थायित्वको खोजी अहिलेको मुख्य आवश्यकता हो । दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक रणनीतिले स्थायित्व दिन सकिन्छ ।’

उनले सामाजिक सञ्जालमा आक्रोश पोखेर केही उपलब्धि नहुने भएकोले युवाहरूलाई सिर्जनशील हुन आग्रह गरे । अस्थिरताले विकास हिंसा र आतंक सिर्जना गरेर मुलुकलाई भड्खालोमा जाख्न सकिन्छ भन्ने कुरा असम्भव भएको उनले बताएका छन् ।

उनले देशलाई पछाडि धकेल्ने गरि पूर्वराजाका नाममा भइरहेका गतिविधिको कुनै अर्थ नभएको पनि बताए ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा पूर्वराजाले जनकमान्डर बनाएर उत्पात मचाउने योजनाका योजनाकार दुर्गा प्रसाईलाई कानुनी कठघरामा उभ्याउने प्रक्रिया प्रहरीले थालेको बताउँदै हिंसात्मक गतिविधिको प्रतिकार गर्न आह्वान गरेका छन् ।

‘पूर्वराजाले कमान्डर बनाएर समाजमा आतंक सिर्जना गर्न उत्पात मच्चाउने, लुटपाट र आगजनीका योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले फिर्ता ल्याएको छ, हत्कडी लगाएको छ,’ पोखरेलले भने, ‘कानुनको कठघरामा उभ्याउने प्रक्रिउया सुरू भएको छ । जनता भडकाएर हिंसा र आतंक गरेर भड्खालोमा जाक्न सकिने ठानेको भए सम्भव छैन ।’

मरिसकेको इतिहासलाई फर्काउने भन्दा समस्या भएको ठाउँमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो । अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै पोखरेलले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे । अहिले सामाजिक सञ्जालमा अराजकता फैलाउने काम भइरहेकाले इमानदारहरूले अगाडि आएर लोकतन्त्रको पक्षमा खबरदारी गर्नुपर्ने बताए ।

मुलुकमा राजनीतिक स्थायित्व गर्ने समार्थ्य एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग भएकाले मिसन ०८४ ले एकल बहुमतको सरकार बनाउने शक्ति निर्माण गर्ने उल्लेख गरे ।

सभालाई सम्बोधन गरेका पार्टीका अन्य नेताले पनि इतिहास भइसकेको राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी दिए।

सभालाई पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटी कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनि राना, निरुदेवी पाल, शान्ता चौधरी लगायतले सम्बोधन गरे ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ०९ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख