गगनले भने- शक्तिशाली आयोग बनाएर पूर्वराजासहति ०४६ पछि सत्तामा बसेकाको सम्पत्ति छानबिन गरौँ « Khabarhub

गगनले भने- शक्तिशाली आयोग बनाएर पूर्वराजासहति ०४६ पछि सत्तामा बसेकाको सम्पत्ति छानबिन गरौँ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली आयोग बनाएर २०४६ सालदेखि सत्तामा बसेका नेता र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस भोजपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग चाहिने बताएका हुन् ।

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाउँदै बार्गेनिङको माध्यम मात्रै बनाएको बताए ।

‘अख्तियारले अनुसन्धानको विषय छापामा ल्याउने गरेको छ । त्यसपछि वर्षौँसम्म ‘तँलाई थुन्दिऊँ’ भनेर नै बिताउने गरेको छ,’ उनले भने, ‘अब एउटा शक्तिशाली आयोग बनाऊँ। शक्तिशाली आयोगलाई ०४६ पछि सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने अधिकार दिऊँ ।’

थापाले ०४६ पछाडि कांग्रेस, एमाले, माओवादी र नयाँ भनिएका दल पनि सत्तामा पुगिसेको बताए । सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्दा कांग्रेसका जो–जो परे पनि स्वीकार रहेको बताए । उनले त्यसको भारी पार्टीले नभई सम्बन्धित व्यक्त्तिले बोक्ने बताए ।

‘कांग्रेसका कति मान्छे पर्छन् परून् । त्यसको भारी किन बोक्ने हामी, जोसुकै परून्’, उनले भने, ‘जोसुकै नेता परे परून तर छानबिन गरौँ ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ५५ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ