पोखरामा भण्डारीको कोटिहोमबारे भिडियो बनाएको भन्दै पत्रकार ढुंगानालाई धम्की « Khabarhub

पोखरामा भण्डारीको कोटिहोमबारे भिडियो बनाएको भन्दै पत्रकार ढुंगानालाई धम्की


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मका नाममा पटक पटक विवादमा पर्दै आएका विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिको संस्थाले पोखरामा महायज्ञ तयारी गर्दै गर्दा उनका समर्थक धाक धम्कीमा उत्रिन थालेका छन् ।

पशुपति परिरमा कोटिहोम गरेर कयौँ विवादमा फसेका उनले पोखरामा पनि त्यस्तै विवाद झेलिरहेका छन् ।

ठगी आरोपी विजय भण्डारी उर्फ विजय कृष्णमुर्तीको संस्थाले पोखरामा कोटीहोमको तयारीका क्रममा गरेको होमबाट सल्किएको आगोबारे समाचार लेख्दा पत्रकार सुमन ढुंगानालाई धम्की दिइएको हो ।

मानवसेवा फाउन्डेशन नाम संस्थाको हवला दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यमेत रहेका ढुंगानाल धम्की दिइएको हो ।

बुधबार ‘कोटिहोमका नाममा धन्न ठूलो आगलागी हुनबाट जोगियो पोखरा’ शीर्षकमा सार्वजनिक गरेको भिडियोलाई लिएर ढुंगानालाई धम्की आएको हो ।

‘उक्त भिडियो सार्वजनिक किन गरिस् भन्दै मलाई जेसुकै हुने धम्की दिएका छन्’, उनले भने, ‘९७४५३००८६० नम्बरको मोबाइलबाट एक व्यक्तिले न्युज २४ मा हाम्रो पनि ठूलो चिनजान छ भन्दै जे पनि गर्न सक्ने भन्दै धम्की दिए।’

उनले आफूलाई धम्की दिने व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : १८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज