ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो  « Khabarhub

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ  ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सडकमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको  र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । 

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ५७ बजे

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र