साउदीमा बन्धक ४६९ नेपालीको उद्धार कसले गर्ने ? « Khabarhub

साउदीमा बन्धक ४६९ नेपालीको उद्धार कसले गर्ने ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सांसदले ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै तत्काल उद्धारका लागि सरकारसँग माग गरे ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न उनले माग गरेका हुन् ।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गरिन् ।

सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने उनले धारणा राखिन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : ५३ बजे

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग