साउदीमा बन्धक ४६९ नेपालीको उद्धार कसले गर्ने ? « Khabarhub

साउदीमा बन्धक ४६९ नेपालीको उद्धार कसले गर्ने ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सांसदले ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै तत्काल उद्धारका लागि सरकारसँग माग गरे ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न उनले माग गरेका हुन् ।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गरिन् ।

सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने उनले धारणा राखिन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : ५३ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको