भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउने बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आइतबार उद्घाटन गर्दै मन्त्री पौडेलले विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताए । उनले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता गरे ।

मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको सुरुआत गरिएको मन्त्रालयले जनाएको छ ।

एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : ०३ बजे

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

बागमती– श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा