फिल्म नगर्ने सोच भएका राजेश किन ‘कमब्याक’मा राजी भए ? « Khabarhub

फिल्म नगर्ने सोच भएका राजेश किन ‘कमब्याक’मा राजी भए ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमालको ‘कमब्याक’ कहिले होला ? होला कि नहोला ? फेरि उनी ठूलो पर्दामा देखिएलान् त ?

माथिका यी र यस्तै आशयका प्रश्नको जवाफ भेटिएको छ । महानायक हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ बाट प्रदर्शनमा पाउने निश्चित भएको छ ।

वि.सं २०७३ मा ‘सकुन्तला’ यता राजेश फुलफ्लेज हिरो बनेर ‘नरसिंहा : अभतार’ देखिने भएका छन् ।

उनको ‘कमब्याक’लाई दर्शकले स्वागत गरेका छन् । बिहीबार साँझ सार्वजनिक यस फिल्मको ट्रेलरले युट्युबमा आइतबारसम्म १० लाखभन्दा भ्युज पाएको छ । फिल्मतर्फ ट्रेन्डिङको तेस्रो स्थानमा परेको छ ।

अब युट्युबको यो भ्युज हलको दर्शकका रुपमा परिणत हुन्छ कि हुँदैन जेठ ९ पछि थाहा हुनेछ ।

किन राजी भए हमाल ?

८ वर्ष राजेशले कुनै फिल्म साइन गरेनन् । राजेशलाई फिल्मको प्रस्ताव लिएर मेकरहरु नपुगेका होइनन् तर उनले फिल्म खेल्ने मनस्थिति भएको भन्दै टारे ।

निर्देशक दिवाकर भट्टराईले ‘नरसिंहा : अभतार’को प्रस्ताव लिएर जाँदासम्म पनि उनी फिल्ममा अभिनय गर्ने मनस्थितिमा रहेको बुझिन्छ ।

राजेश आफैँ भन्छन्, ‘विगतमा फिल्मका प्रस्ताव नआएका होइनन् । फिल्म गरिहालौं भन्ने मनस्थितिमा म थिइनँ । दिवाकरजीले फिल्मको प्रस्ताव ल्याउँदा पनि म फिल्म गर्न मनस्थितिमा थिइनँ ।’

त्यसो भए किन ‘कमब्याक’का लागि राजी भए त हमाल ?

यो फिल्ममा अनुबन्ध हुनको प्रमुख कारण कथा नै रहेको हमाल बताउँछन् । दोस्रो कारण, प्रस्ताव गरिएको भूमिका आफ्नो समय सान्दर्भिक रहेको उनले सुनाए ।

थपे, ‘कथा सुनेपछि यो बिन्दूमा यस्तो फिल्म गर्नुपर्छ भन्ने नै लाग्यो । यो समयमा म जुन भूमिकामा उत्रन सक्छु त्यही खालको प्रस्ताव आएका थियो ।’

तेस्रो कारण भने सिङ्गो टिम रहेको उनले बताए । भने, ‘टिमले पनि निकै महत्त्वपूर्ण भूमिका राख्छ । टिममा सहज व्यक्तिहरु हुनुहुन्छ । धेरै जसो व्यक्तिहरु सहयात्री हुनुहुन्छ । धेरै व्यक्तिसँग पहिला सहकार्य पनि गरेको हो ।’

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ४६ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी