फिल्म नगर्ने सोच भएका राजेश किन ‘कमब्याक’मा राजी भए ? « Khabarhub

फिल्म नगर्ने सोच भएका राजेश किन ‘कमब्याक’मा राजी भए ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमालको ‘कमब्याक’ कहिले होला ? होला कि नहोला ? फेरि उनी ठूलो पर्दामा देखिएलान् त ?

माथिका यी र यस्तै आशयका प्रश्नको जवाफ भेटिएको छ । महानायक हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ बाट प्रदर्शनमा पाउने निश्चित भएको छ ।

वि.सं २०७३ मा ‘सकुन्तला’ यता राजेश फुलफ्लेज हिरो बनेर ‘नरसिंहा : अभतार’ देखिने भएका छन् ।

उनको ‘कमब्याक’लाई दर्शकले स्वागत गरेका छन् । बिहीबार साँझ सार्वजनिक यस फिल्मको ट्रेलरले युट्युबमा आइतबारसम्म १० लाखभन्दा भ्युज पाएको छ । फिल्मतर्फ ट्रेन्डिङको तेस्रो स्थानमा परेको छ ।

अब युट्युबको यो भ्युज हलको दर्शकका रुपमा परिणत हुन्छ कि हुँदैन जेठ ९ पछि थाहा हुनेछ ।

किन राजी भए हमाल ?

८ वर्ष राजेशले कुनै फिल्म साइन गरेनन् । राजेशलाई फिल्मको प्रस्ताव लिएर मेकरहरु नपुगेका होइनन् तर उनले फिल्म खेल्ने मनस्थिति भएको भन्दै टारे ।

निर्देशक दिवाकर भट्टराईले ‘नरसिंहा : अभतार’को प्रस्ताव लिएर जाँदासम्म पनि उनी फिल्ममा अभिनय गर्ने मनस्थितिमा रहेको बुझिन्छ ।

राजेश आफैँ भन्छन्, ‘विगतमा फिल्मका प्रस्ताव नआएका होइनन् । फिल्म गरिहालौं भन्ने मनस्थितिमा म थिइनँ । दिवाकरजीले फिल्मको प्रस्ताव ल्याउँदा पनि म फिल्म गर्न मनस्थितिमा थिइनँ ।’

त्यसो भए किन ‘कमब्याक’का लागि राजी भए त हमाल ?

यो फिल्ममा अनुबन्ध हुनको प्रमुख कारण कथा नै रहेको हमाल बताउँछन् । दोस्रो कारण, प्रस्ताव गरिएको भूमिका आफ्नो समय सान्दर्भिक रहेको उनले सुनाए ।

थपे, ‘कथा सुनेपछि यो बिन्दूमा यस्तो फिल्म गर्नुपर्छ भन्ने नै लाग्यो । यो समयमा म जुन भूमिकामा उत्रन सक्छु त्यही खालको प्रस्ताव आएका थियो ।’

तेस्रो कारण भने सिङ्गो टिम रहेको उनले बताए । भने, ‘टिमले पनि निकै महत्त्वपूर्ण भूमिका राख्छ । टिममा सहज व्यक्तिहरु हुनुहुन्छ । धेरै जसो व्यक्तिहरु सहयात्री हुनुहुन्छ । धेरै व्यक्तिसँग पहिला सहकार्य पनि गरेको हो ।’

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ४६ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने