सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित « Khabarhub

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित भएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा दुई दिन छलफल भएको थियो ।

प्रतिनिधि सभाबाट पनि सभामुख देवराज घिमिरेले आजै ध्वनी मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए ।

विपक्षी दलका सांसद्‌हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको थियो । उनीहरूले राखेको संशोधन प्रस्ताव पनि ध्वनी मतकै आधारमा अस्वीकृत भएको घोषणा सभामुखले गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्‌मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्‌हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिएका थिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ४ : ३० बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार