जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई « Khabarhub

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो भएको आयोजकले जनाएको छ ।

कुल ५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गरे । दोस्रो भएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दूरी छ घण्टा सात मिनेट ५५ सेकेन्डमा र तेस्रो भएका सोमबहादुर रावतले छ घण्टा १० मिनेट चार सेकेन्डमा दौड पूरा गरेको कर्णाली स्पोर्टस क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

महिलातर्फ सात घण्टा ५१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी कल्पना बुढा विजयी भइन् । दोस्रो भएकी राज्यलक्ष्मी रावलले आठ घण्टा ४८ मिनेट ४१ सेकेन्ड र तेस्रो भएकी सन्दिभा बुढाले आठ घण्टा ४६ मिनेट दुई सेकेन्डमा दौड पूरा गरे ।

अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले रु एक लाख, प्रमाणपत्र र पदक प्राप्त गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार र रु ५० हजार, प्रमाणपत्र र पदक प्राप्त गरेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहोरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए । दश किलोमिटरको दौडमा महिलातर्फ सङ्गीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो भए ।

पाँच किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो भएको क्लबले जनाएको छ । यस वर्षको दौडमा स्वदेशी तथा विदेशी गरी ५९१ जना धावक सहभागी भएका थिए । साहसिक खेल पर्यटनको विकासका लागि प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको प्रतियोगिता हुँदै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ०० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४