आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको छः मुख्यमन्त्री कँडेल « Khabarhub

आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको छः मुख्यमन्त्री कँडेल


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक प्रभाव परिरहेको बताए । उनले आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको उल्लेख गरे ।

“हामी आन्तरिक सुधारमा केन्द्रीत भएर लागिरहेका छौँ । बजेट कार्यान्वयनमा सुधार ल्याउने गरी छलफल भइरहेको छ । अझै केही महिना बाँकी रहेकाले यसमा ध्यान दिनुपर्ने आवश्यकता छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा थप सुधार आउने गरी काम गर्छौं”, उनले भने ।

मुख्यमन्त्री कँडेलले हाल योजना बैङ्कमा आधारित रहेर योजना छनोट भइरहेको जानकारी दिए । उनले भने, “जसरी अहिले हामीले काम गरिरहेका छौँ, त्यसले आगामी बजेटमा सुधार गर्नेछ । विविध समस्याका बाबजुद सकारात्मक सन्देश दिनेगरी काम गरिरहेका छौँ । नकारात्मक कुराबाट बँच्नका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ ।”

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ५७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५