कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य « Khabarhub

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् ।

पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताए ।

उनले भने, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । सङ्घीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।”

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरु चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अम्विका मुडवरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : ३१ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको