बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १५ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ४७ पैसा र बिक्रीदर १८५ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६७ रुपियाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ०६ पैसा र बिक्रीदर ८९ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८४ पैसा र बिक्रीदर १०० रुपियाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ २९ पैसा र बिक्रीदर १०६ रुपियाँ ७६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०२ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४४ पैसा र बिक्रीदर ३६ रुपियाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २७ पैसा र बिक्रीदर ३२ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ ०२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४१ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ०१ पैसा र विक्रीदर ३५६ रुपियाँ ५७ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : २५ बजे

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा