समाचार डिलिट गर्न दिएको आदेशप्रति महासंघको आपत्ति | Khabarhub Khabarhub

समाचार डिलिट गर्न दिएको आदेशप्रति महासंघको आपत्ति


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश संविधानको व्यवस्था, मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाको भन्दै आपत्ति जनाएको छ । 

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै अदालतले मंगलबार नेपालखबर र बिजमाण्डुलाई समाचार ‘डिलिट’ गर्न दिएको आदेश संविधानविपरीत भएको भन्दै आपत्ति जनाएको हो । 

‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्नेमा महासंघ दृढ छ र सम्मान समेत गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ ।’

महासंघले अदालतलाई आदेशको पुनर्विचार गर्न निकायसँग आग्रह पनि गरेको छ ।

 ‘अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ,’ महासंघले भनेको छ । पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशित सामग्रीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमकै हुने भन्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ०७ बजे

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले

कर्णालीका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काँक्रेविहार- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि

नेपालले वेस्ट इन्डिजलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो