रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै « Khabarhub

रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै


२८ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच बुँदे मागबारे प्रतिपक्षी दलहरूको छलफल सकिएको छ ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूबीचमा छलफल सकिएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपाद्वारा कांग्रेससमक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, हितराज पाण्डेसहित रास्वपाका सन्तोष परियार, नेकपा एसका राजेन्द्र पाण्डे र आम जनता पार्टीका प्रभु साहलगायत सहभागी थिए ।

उक्त छलफलपछि साझा धारणासहित सत्तारूढ दलसँग छलफल गर्ने जानकारी दिने माओवादी नेता पुनले दिएका छन् । तर उनीहरूबीच के साझा धारणा बन्यो भन्ने नेताहरूले खुलाएका छैनन् ।

अहिले सभामुख देवराज घिमिरेसहित सत्तारूढ दलसँग प्रतिपक्षी दलले छलफल गरिरहेका छन् । सभामुख घिमिरे संसद्मा रहेका दलका प्रमुख सचेतकहरूसँग पनि यसबारे छलफल गर्दैछन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  २ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली