लस एन्जलसमा कर्फ्यू घोषणा | Khabarhub Khabarhub

लस एन्जलसमा कर्फ्यू घोषणा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ घोषणा गरेका छन् ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो ।

एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताए।

‘म कर्फ्यू जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ’, उनले भने।

आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यू एक आवश्यक उपाय हो भनी जोड दिए । गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थालेका छन् ।

होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आइसिई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ ।
आइसिई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा ट्रम्पले लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिए ।

मंगलबार ट्रम्पले शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताएका थिए । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : २५ बजे

दुर्घटना हुनुअघि विमानभित्रको त्यो अन्तिम सेल्फी…

काठमाडाैं – बिहीबार लण्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली

आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको

२० हजार घुस लिने नायव सुब्बा भ्रष्टाचारी ठहर, एक महिना कैद सजाय

काठमाडौं – जिल्ला प्रशासन कार्यालयमा महोत्तरीका नायव सुब्बा अशोक कुमार

जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव