लेखराजले सुनाए हिसाब- पार्टीमा एकता हुन नसके सुदूरपश्चिममा एमाले शून्य हुन्छ | Khabarhub Khabarhub

लेखराजले सुनाए हिसाब- पार्टीमा एकता हुन नसके सुदूरपश्चिममा एमाले शून्य हुन्छ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए २०८४ मा सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित्न सक्ने बताएका छन् ।

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए हाल प्राप्त दुई सिटसमेत गुमाएर एमाले शून्यमा झर्न सक्ने चेतावनी पनि दिएका छन् ।

पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको उनले बताए । यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनु पर्ने आवश्यकता भट्टले औँल्याएका छन् ।

‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ’, उनले भने, ’पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’

पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै उनले देश निर्माणमा समर्पित भएको पनि जनाए । अध्यक्ष केपी शर्मा ओलीले दिनको २० घण्टा काम गर्ने गरेको जनाउँदै यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्नेमा जोड गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न उनले आह्वान गरे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ३५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक १६ गते आइबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि