ब्रम्हपुत्र नदीको उत्तरी किनारमा भेटियो हाइड्रोकार्बनको नमूना « Khabarhub

ब्रम्हपुत्र नदीको उत्तरी किनारमा भेटियो हाइड्रोकार्बनको नमूना


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रम्हपुत्र नदीको उत्तरी किनारमा हाइड्रोकार्बनको नमूना फेला परेको छ । आयल इण्डियाका अध्यक्ष तथा कार्यकारी निर्देशक रञ्जित रथले ब्रम्हपुत्र नदीको उत्तरी किनारामा हाइड्रोकार्बन पहिचान गरिएको जानकारी दिएका हुन् ।

गुवाहाटीमा पत्रकारसँग कुरा गर्दै उनले आयल इण्डियाले निकै सूक्ष्म र रणनीतिक रुपमा गरेको खोजीपछि हाइड्रोकार्बन पत्ता लागेको बताए । उनले कबोचपुरी नामक गरेको ठाउँमा उक्त पदार्थ फेला पारिएको पनि जानकारी दिए ।

व्यवसायिक उत्खननको सम्भाव्यताबारे भने अझै अध्ययन आवश्यक रहेको उनको भनाइ छ । कति परिमाणमा हाइड्रोकार्बन फेला परेको हो भन्ने पनि अझै स्पष्ट नभएको उनले उल्लेख गरे ।

भारतीय आर्थिक अनलाइ इकोनोमिक टाइम्सका अनुसार उनले थप अध्ययनका लागि नयाँ कुवा खन्ने तयारी भइरहेको पनि बताए । उनले पूर्वोत्तर भारतका विभिन्न स्थानमा रहेका खनिज पदार्थबारे अध्ययन पनि भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : ०४ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती