भाजपा सांसद रविशंकर प्रसादले आतंकवादलाई दिए क्यान्सरको संज्ञा « Khabarhub

भाजपा सांसद रविशंकर प्रसादले आतंकवादलाई दिए क्यान्सरको संज्ञा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद रविशंकर प्रसादले आतंकवादलाई क्यान्सरको संज्ञा दिएका छन् । बेलायत भ्रमणका क्रममा सांसद प्रसादले आतंकवादलाई क्यान्सरको संज्ञा दिएका हुन् ।

बेलायतको राजधानी लण्डनस्थित इण्डिया हाउसमा बोल्दै सांसद प्रसादले पाकिस्तानले अन्तर्राष्ट्रिय कोषको पैसा दुरुपयोग गरी आतंकवादमा लगानी गरिरहेको आरोप लगाए । बेलायतमा रहँदा भारतीय सांसदको टोलीले त्यहाँका सभामुख लिन्जी होयल छायाँ विदेशमन्त्री प्रिती पटेललगायतका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गरेको थियो ।

त्यसबाहेक सत्तारुढ लेबर पार्टी र विपक्षी कन्जरभेटिभ पार्टीका नेताहरुसँग पनि भेटवार्ता गरी आतंकवादविरुद्ध भारतको धारणाबारे जानकारी दिइएको थियो ।

पाकिस्तानी भूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी भारतले सञ्चालन गरेको अपरेशन सिन्दुरबारे विश्वलाई जानकारी दिन सबै दलका सांसद सम्मिलित टोलीले विदेश भ्रमण गरेको हो ।

गत अप्रिल २२ का दिन भारतको जम्मु कश्मीरस्थित पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको बदलामा भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : २६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती