जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो | Khabarhub Khabarhub

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकामा बर्थ राइट सिटिजनसिपको विवाद फेरि बढेको छ। केही दिन अघि ट्रम्पको बर्थराइट सिटिजनसिप खारेजीको निर्णय लागु गर्न सर्वोच्चले ग्रिन सिग्नल दिए पनि बिहीबार हम्पसायरका न्यायाधीशले राष्ट्रपति ट्रम्पको आदेशको तत्काल कार्यान्वयनमा रोक लाग्ने गरी नयाँ कानुनको पक्षमा निर्णय गरेका छन्।

आप्रवासीका अभिभावकको तर्फबाट अमेरिकी सिभिल लिबरिटिज युनियनले राखेको नयाँ कानुनी व्यवस्थाको पक्षमा न्यायाधीशले निर्णय गरेका हुन्।

‘क्लास एक्सन ल सुट’ नामको सो नयाँ प्रावधानको विरुद्धमा ह्वाइट हाउसले धारणा राखी सकेको छ। ‘सर्वोच्च अदालतको निर्णयको बर्खिलाप जान नपाउने विश्वव्यापी मान्यताको विरुद्धमा यो निर्णय भएको छ’, ह्वाइट हाउसका प्रवक्ता हेरिसन फिड्सले जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाको संविधान अनुसार त्यहाँ जन्मने बच्चाले स्वतः नागरिकता पाउने छन्। राष्ट्रपति ट्रम्पले कागजात नभएका आप्रवासी तथा छोटो समयका लागि त्यहाँ आउनेको हकमा यो निर्णय लागु नहुने गरी निर्णय गरेका छन्। राष्ट्रपतिको यो निर्णय पनि कानुनी लडाइँ चली रहेको छ।

बिहीबार न्यायाधीशले यसमा चित्त नबुझे पुनरावेदनका लागि सरकारलाई सात दिनको समय दिएका छन्। राष्ट्रपति ट्रम्प प्रशासन बिहीबार नै यस निर्णयको विरुद्धमा माथिल्लो अदालतमा गइसकेको छ। न्यायाधीशको राष्ट्रपतिको निर्णय रोक्ने कुनै अधिकार नभएको भन्दै ट्रम्प प्रशासनले पनि अर्को कानुनी बाटोको खोजी गरेको हो।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ५३ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन