जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो « Khabarhub

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकामा बर्थ राइट सिटिजनसिपको विवाद फेरि बढेको छ। केही दिन अघि ट्रम्पको बर्थराइट सिटिजनसिप खारेजीको निर्णय लागु गर्न सर्वोच्चले ग्रिन सिग्नल दिए पनि बिहीबार हम्पसायरका न्यायाधीशले राष्ट्रपति ट्रम्पको आदेशको तत्काल कार्यान्वयनमा रोक लाग्ने गरी नयाँ कानुनको पक्षमा निर्णय गरेका छन्।

आप्रवासीका अभिभावकको तर्फबाट अमेरिकी सिभिल लिबरिटिज युनियनले राखेको नयाँ कानुनी व्यवस्थाको पक्षमा न्यायाधीशले निर्णय गरेका हुन्।

‘क्लास एक्सन ल सुट’ नामको सो नयाँ प्रावधानको विरुद्धमा ह्वाइट हाउसले धारणा राखी सकेको छ। ‘सर्वोच्च अदालतको निर्णयको बर्खिलाप जान नपाउने विश्वव्यापी मान्यताको विरुद्धमा यो निर्णय भएको छ’, ह्वाइट हाउसका प्रवक्ता हेरिसन फिड्सले जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाको संविधान अनुसार त्यहाँ जन्मने बच्चाले स्वतः नागरिकता पाउने छन्। राष्ट्रपति ट्रम्पले कागजात नभएका आप्रवासी तथा छोटो समयका लागि त्यहाँ आउनेको हकमा यो निर्णय लागु नहुने गरी निर्णय गरेका छन्। राष्ट्रपतिको यो निर्णय पनि कानुनी लडाइँ चली रहेको छ।

बिहीबार न्यायाधीशले यसमा चित्त नबुझे पुनरावेदनका लागि सरकारलाई सात दिनको समय दिएका छन्। राष्ट्रपति ट्रम्प प्रशासन बिहीबार नै यस निर्णयको विरुद्धमा माथिल्लो अदालतमा गइसकेको छ। न्यायाधीशको राष्ट्रपतिको निर्णय रोक्ने कुनै अधिकार नभएको भन्दै ट्रम्प प्रशासनले पनि अर्को कानुनी बाटोको खोजी गरेको हो।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ५३ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन