विद्युत् खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौँ : अर्थमन्त्री पौडेल « Khabarhub

विद्युत् खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौँ : अर्थमन्त्री पौडेल


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले विद्युत्को खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको बताएका हुन् । 

मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताए । अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन समेत जिम्मेवारी रहेको बताए । आगामी वर्षको बजेट कार्यान्वयनको तयारी गरिरहेको बताए । 

उनले बजेटमा टेक एन्ड पेको विषयमा अन्योल भए पनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : ४३ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम