ब्याजदरका दुवै करिडोर घट्यो, विज्ञ भन्छन्- अब ब्याजदर घट्छ « Khabarhub

ब्याजदरका दुवै करिडोर घट्यो, विज्ञ भन्छन्- अब ब्याजदर घट्छ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदरका दुवै करिडोरलाई घटाएको छ । शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत कायम राखिएको बताएका हुन् । 

त्यस्तै, ब्याजदर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको उनले बताए ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकदर, नीतिगत दर र ब्याजदर करिडोर घटाइएकोले अब ब्याजदर घट्ने बैंकिङ क्षेत्रका विज्ञ अनलराज भट्टराईले खबरहबलाई बताए । उनले मौद्रिक नीतिको समग्र प्रभावलाई आंकलन गर्नको लागि नीतिगत व्यवस्थालाई हेर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ४१ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार