ब्याजदरका दुवै करिडोर घट्यो, विज्ञ भन्छन्- अब ब्याजदर घट्छ « Khabarhub

ब्याजदरका दुवै करिडोर घट्यो, विज्ञ भन्छन्- अब ब्याजदर घट्छ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदरका दुवै करिडोरलाई घटाएको छ । शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति घोषणा गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत कायम राखिएको बताएका हुन् । 

त्यस्तै, ब्याजदर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको उनले बताए ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट बैंकदर, नीतिगत दर र ब्याजदर करिडोर घटाइएकोले अब ब्याजदर घट्ने बैंकिङ क्षेत्रका विज्ञ अनलराज भट्टराईले खबरहबलाई बताए । उनले मौद्रिक नीतिको समग्र प्रभावलाई आंकलन गर्नको लागि नीतिगत व्यवस्थालाई हेर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : ४१ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार