केरा गाउँ ‘बाँस्टारी’ : कृषक भन्छन्- आम्दानी राम्रो हुँदैछ « Khabarhub

केरा गाउँ ‘बाँस्टारी’ : कृषक भन्छन्- आम्दानी राम्रो हुँदैछ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केरा खेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।

बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गरेका थिए । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थालेका छन् । 

यहाँ धेरैजसोले आफ्नै जग्गा जमिन वा जमिन भाडामा लिएर पनि केरा खेती गरिरहेका छन् । कालीगण्डकी नदी किनारमा फैलिएको समथर फाँटमा अवस्थित बाँस्टारी माटो तथा हावापानीका दृष्टिले पनि केराखेतीका लागि उपयुक्त छ । 

करिब ४५ वर्षअघि आफ्नो बुवाले लगाएको केराखेतीलाई पछिल्ला दिनमा विस्तार गर्दै व्यावसायिक रूपमा अगाडि बढाएको कृषक रविलाल गौडेलले बताए । उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक केरा खेती गरेका छन् । 

गौडेलले हरिसाल र झापाली मालभोग जातका केरा खेती गरेको बताए । गत वर्ष कालीगण्डकी गाउँपालिकाले व्यावसायिक केराखेतीमा जोड दिँदै केराका बेर्ना तथा अन्य सहयोग गरेको पछि आफूलाई थप हौसला मिलेको उनको भनाइ छ । 

‘अन्य बालीबाट भन्दा केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हौँ । बिरुवा लगाएको करिब १५ महिनामा उत्पादन लिन सकिन्छ, हाल केरा बिक्रीबाट वार्षिक एक लाख रुपैयाँ आम्दानी भइरहेको छ । आगामी दिनमा पाँच लाखसम्म आम्दानी लिन सकिन्छ भनेर व्यवस्थापनमा लागिरहेको छु’, कृषक गौडेलले भने । 

बाँस्टारीकै चन्द्रकान्त न्यौपानेले व्यावसायिक केरा खेती गर्न थालेका १३ वर्ष भयो । उनले हाल नौ रोपनी क्षेत्रफलमा झापाली मालभोग जातको केरा लगाएका छन् । तीन रोपनी आफ्नो र छ रोपनी जग्गा भाडामा लिएर केरा खेती गरिरहेको र यसबाट वार्षिक दुई लाख गरिरहेको उनले बताए । ‘यहाँ केरा उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । केरा खरिदका लागि व्यापारी केराबारीमै आउँछन् । हाल व्यापारीलाई प्रतिदर्जन ७०/८० रुपैयाँका दरले बिक्री गरिरहेको छु’, न्यौपानेले भने । 

विगतमा मकै, कोदो, सिल्टुमलगायत खाद्यान्न बाली लगाउँदै आएको बारीमा व्यावसायिक केरा खेती गरेपछि आम्दानी राम्रो हुँदै गएको कृषकहरूको भनाइ छ । यहाँ धेरैजसोले केरा खेती गरेका छन्, तर बेलाबेला गबारो, कोसामा कालाकाला थोप्लाहरु देखिने तथा गुवोमा असिना लागेर उत्पादनमा कमी आउने गरेको छ । 

बाँस्टारीमा सबैगरी करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा केरा खेती भइरहेको छ । 
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ०७ बजे

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर

अमेरिकाद्वारा क्यारेबियन क्षेत्रमा डुङ्गा आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा लागूऔषध तस्करी गर्ने डुङ्गालाई

प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण

काठमाडौं– नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका

गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा