कांग्रेसमा गहिरिँदो किचलो, देव्रेन्द्रराज कँडेल पाँच वर्षका लागि निष्कासित « Khabarhub

कांग्रेसमा गहिरिँदो किचलो, देव्रेन्द्रराज कँडेल पाँच वर्षका लागि निष्कासित


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस नवलपरासी (पश्चिम)ले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला अनुशासन समितिले बिहीबार उनलाई पाँच वर्षका लागि निस्कासन गरिएको पत्र हुलाकमार्फत् पठाएको छ ।

यद्यपि, केन्द्रीय सदस्य कँडेललाई स्थानीय तह निर्वाचन–०७९ को अघिल्लो दिन नै समितिले कारबाही गरेको थियो ।

केन्द्रीय अनुशासन समितिले बहुमतका आधारमा अनुशासनको कारबाही गरेको भन्दै पार्टीमा किचलो भइरहेका बेला जिल्लाले कँडेलमाथिको कारबाही सार्वजनिक गरेको हो ।

जिल्ला सचिव कुलदिप आचार्यले कँडेललाई ०७९ वैशाख २९ गते नै अनुशासनको कारबाही गरेको बताए ।

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका ‘बागी’लाई सहयोग गर्न वक्तव्य जारी गरेको फेला परेपछि कँडेल कारबाहीमा परेका उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आएकाले तत्कालीन समयमा उक्त कारबाहीलाई ‘होल्ड’ गरिएको सचिव आचार्यले बताए ।

‘त्यो बेला निर्वाचन आयो । पछि गरौँला भनेर होल्ड गरेका थियौँ,’ उनले खबरहबसँग भने, ‘हिजो त्यो होल्डिङलाई अनाउन्स गरेका हौँ । हुलाकमार्फत् हामीले उहाँलाई पत्र पठाइसकेका छौँ ।’

यसअघि गत निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै केन्द्रीय अनुशासन समितिले १८ जनामाथि अनुशासनको कारबाही गरेपछि कांग्रेसमा किचलो उत्पन्न भएको छ ।

केन्द्रबाट गरिएको अनुशासनको कारबाहीलाई डा. शेखर कोइरालाले समूहले प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ । को

इरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको भेलाले अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय नै गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ३२ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन