कांग्रेसमा गहिरिँदो किचलो, देव्रेन्द्रराज कँडेल पाँच वर्षका लागि निष्कासित | Khabarhub Khabarhub

कांग्रेसमा गहिरिँदो किचलो, देव्रेन्द्रराज कँडेल पाँच वर्षका लागि निष्कासित


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस नवलपरासी (पश्चिम)ले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला अनुशासन समितिले बिहीबार उनलाई पाँच वर्षका लागि निस्कासन गरिएको पत्र हुलाकमार्फत् पठाएको छ ।

यद्यपि, केन्द्रीय सदस्य कँडेललाई स्थानीय तह निर्वाचन–०७९ को अघिल्लो दिन नै समितिले कारबाही गरेको थियो ।

केन्द्रीय अनुशासन समितिले बहुमतका आधारमा अनुशासनको कारबाही गरेको भन्दै पार्टीमा किचलो भइरहेका बेला जिल्लाले कँडेलमाथिको कारबाही सार्वजनिक गरेको हो ।

जिल्ला सचिव कुलदिप आचार्यले कँडेललाई ०७९ वैशाख २९ गते नै अनुशासनको कारबाही गरेको बताए ।

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका ‘बागी’लाई सहयोग गर्न वक्तव्य जारी गरेको फेला परेपछि कँडेल कारबाहीमा परेका उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आएकाले तत्कालीन समयमा उक्त कारबाहीलाई ‘होल्ड’ गरिएको सचिव आचार्यले बताए ।

‘त्यो बेला निर्वाचन आयो । पछि गरौँला भनेर होल्ड गरेका थियौँ,’ उनले खबरहबसँग भने, ‘हिजो त्यो होल्डिङलाई अनाउन्स गरेका हौँ । हुलाकमार्फत् हामीले उहाँलाई पत्र पठाइसकेका छौँ ।’

यसअघि गत निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै केन्द्रीय अनुशासन समितिले १८ जनामाथि अनुशासनको कारबाही गरेपछि कांग्रेसमा किचलो उत्पन्न भएको छ ।

केन्द्रबाट गरिएको अनुशासनको कारबाहीलाई डा. शेखर कोइरालाले समूहले प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ । को

इरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको भेलाले अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय नै गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ३२ बजे

मुग्लिन नारायणगढ सडक सञ्चालन

काठमाडौं – तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक

रास्वपाले बृहत् राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल