अशोक र टंकको फिल्म ‘मन बिनाको धन’ असोज २१ मा आउने « Khabarhub

अशोक र टंकको फिल्म ‘मन बिनाको धन’ असोज २१ मा आउने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’ असोज २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

वितरक कम्पनीहरुको सल्लाहमा यसको प्रदर्शन मिति तय भएको निर्माण पक्षले बताएको छ । अहिलेको अवस्थामा असोज २१ लाई प्रदर्शन मिति तोक्ने यो एक्लो फिल्म हो ।

यो मितिबाट सौगात मल्ल स्टारर फिल्म ‘कल्ली’ फागुन १ मा सरेको छ । अर्थात्, ‘मन बिनाको धन’ले सोलो रिलिज पाउने देखिन्छ ।

यस फिल्ममा गायक अशोक दर्जी शीर्ष भूमिकामा छन् । उनीसहित फिल्ममा सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्धि तामाङलगायतको अभिनय रहने बताइएको छ ।

सडकमा गीत गाउने क्रममा भाइरल भएका अशोकलाई टंकले संरक्षणमा काठमाडौंमा पढ्दैछन् । टंक र अशोकको चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’बाट यो फिल्मको नाम राखिएको हो ।

सामाजिक विषय बनेको यस फिल्मक कथा टंक बुढाथोकी आफैँले लेखेका हुन् । पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

फिल्मको निर्माता विष्णुमाया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका