माधव नेपालले भने- भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु  | Khabarhub Khabarhub

माधव नेपालले भने- भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु 


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताएका हुन् । 

आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनले बताए ।

अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राखे । नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उनले बताए ।

अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफै पनि पर्न सक्ने जिकिर गरे  ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ५ : ३६ बजे

मुग्लिन नारायणगढ सडक सञ्चालन

काठमाडौं – तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक

रास्वपाले बृहत् राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल