सम्पर्क टुटेको रसुवागढी नाकामा चीनले रातारात थाल्यो पुन:निर्माण | Khabarhub Khabarhub

सम्पर्क टुटेको रसुवागढी नाकामा चीनले रातारात थाल्यो पुन:निर्माण


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत मंगलबार बिहान तिब्बतस्थित एक हिमताल फुटेर आएको बाढीबाट भएको क्षतिको विवरण नेपालले संकलन गर्दैगर्दा चीनतर्फ रातारात पुन:निर्माण अभियान थालिएको छ ।

तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भोटेकोशीमा पुग्दा भीषण रुप लिएको थियो । बाढीबाट रसुवागढी नाकामा अर्बौँको क्षति भएको छ भने कयौँ मानिसले पनि ज्यान गुमाए । अझै पनि १९ जना मानिसको अत्तोपत्तो छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँसहित छन् ।

नेपालतर्फ कयौँ स्थानमा सडक ध्वस्त भएको छ। उता चीनको केरुङतर्फ पनि बाढीले ठूलो क्षति गरेको खबर आएको छ।

बाढीको कारण बनेको हिमतालबारे अहिलेसम्म ठोस विवरण आइनसकेको अवस्थामा चीनले नेपालतर्फ जोड्ने सडक पुन:निर्माण अभियानलाई तीव्र बनाएको छ।

चीनले बुधबार रातिदेखि नै पुनर्निर्माणका लागि आवश्यक सामग्री जुटाएको हो । उसले बिहीबार रातिदेखि केरुङबाट रसुवागढीसम्म आउने सडक खुलाउने कामलाई तीव्र पारेको छ । बाढीले नेपालतर्फ सम्पर्कको एक मात्रै माध्यम मितेरी पुल बगाइसकेको छ । उक्त पुलको तिब्बततर्फ चीनले डोजर लगाएर सफाइ अभियान थालेको हो।

एकसाथ दर्जनौँ डोज र टिपर परिचालन गरेर भत्किएको सडक मर्मत गर्ने, माटो भर्ने, पानी कटाउने र भत्किएका पर्खाल उठाउने कामलाई चीनले तीव्रताम दिएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले रसुवागढी स्थित मितेरी पुल पुन:र्निर्माणका लागि दुई देशका सरकारबीच समन्वय भइरहेको बताए ।

बाढीले पुरानो पक्की पुल बगाएपछि नयाँ संरचनाका रुपमा बेलिब्रिजका लागि समन्वय भइरहेको उनले बताए । चीन सरकारका प्राविधिक टोलीले पुल आसपासको क्षेत्रबाट माटो, ढुङ्गा लगायत अवरोध हटाउन थालिसकेका छन् ।

पुल निर्माणको प्राविधिक विवरण र कार्ययोजनाबारे छलफल भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बेलिब्रिज लगाउने विषयमा उत्तरी छिमेकीसँग संघीय सरकारले पनि समन्वय गरिरहेको खबर आएको छ ।

चीनले रसुवागढी जोड्ने तिब्बततर्फको नाकाङ जिलोङ्ग भन्ने गरेको छ । जिलोङ्ग पोर्ट, केरू नाकामा बाढीले गरेको अवरोध हटाउन डोजर अन्य सामानसहित ५० भन्दा चिनियाँ प्राविधिक र मजदुर चीनतर्फ खटिएका छन् ।

रसुवागढीस्थित एकजना स्थानीय छिरिङ शेर्पाले मितेरी पुल बगाएको स्थानमा चीनले डोजर लगाएर सफाइ थालेको छ । उतातर्फ चीनले रातारात माटो र ढुंगाको थुप्रो पन्छाएर सडक निकाल्ने काम गरिरहेको उनले बताए ।

उनका अनुसार नेपालतिर पनि बाढीले ल्याएको लेदो, माटो र ढुंगाले पुरिएका गाडी तथा अन्य सामान पन्छाउने कामलाई अघी बढाइएको छ । स्थानीबासी र मजदुरसमेत लगाएर पुरिएका सामान निकाल्ने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : १७ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।