रविपछि टोपबहादुरको पक्षमा हस्ताक्षर अभियान, नारा उही ‘राजनीतिक प्रतिशोध’ « Khabarhub

रविपछि टोपबहादुरको पक्षमा हस्ताक्षर अभियान, नारा उही ‘राजनीतिक प्रतिशोध’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँचभन्दा धेरै सहकारीको बचत रकम ठगी आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेको पक्षमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ ।

चाखलाग्दो के छ सहरका चोकचोकदेखि पार्टी कार्यालय र रेस्टुरेन्टसम्मलाई हस्ताक्षर अभियानको केन्द्र बनाइएको छ । सर्वोच्च अदालतलेसमेत छाड्न नमानेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता रविमाथि राजनीतिक प्रतिशोध भएकै हो भन्ने सन्देश सर्वसाधारणलाई दिने कामममा जोडतोडले लागेका छन् ।

रविको पक्षमा चलाइएको अभियानको सिको गर्दै नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीलाई पनि राजनीतिक प्रतिशोध साँधेर जेल पठाइएको भन्दै हस्ताक्षर अभियान थालिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका रायमाझीमाथि राजनितिक प्रतिशोध भएको भन्दै उनकै गृहजिल्ला अर्घाखाँचीबाट ‘जनताको हस्ताक्षर अभियान’ थालिएको हो ।

रायमाझीको पक्षमा हस्ताक्षर अभियान सन्धिखर्कस्थित युवाहरूले चलाएका हुन् । ती युवाले नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउन मुछिएको भन्दै चलाइएको मुद्दामभा कांग्रेस नेता बालकृष्ण खाँणलाई राहत दिएर रिहा गरिँदा रायमाझीलाई प्रतिशोधस्वरुप थुनिएको दाबी गरेका छन् ।

सन्धिखर्कस्थित स्थानीयबासी एवम् पत्रकार दीपेन्द्र पौडेलले यो अभियान युवाहरूले स्वत:फूर्त थालेको बताएका छन् । यो अभियान कुनै दलको नभई रायमाझीको समर्थनमा स्वतन्त्र युवाहरूले चलाएको जानकारी आफूले पाएको बताएका छन् ।

यसबारेमा एमालेको स्थानीय नेतृत्वले अनभिज्ञता प्रकट गरेको छ । एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले अदालतकव आदेशअनुसार सजाय काटिरहेको अवस्थामा कसैको पक्षमा हस्ताक्षर नचलाइएको बताए । उनले उनले अदालतमा विचाराधीन रहेको मुद्दामालाई हस्ताक्षर अभियान चलाएर गिजोल्ने पक्षमा पार्टी नरहेको पनि उल्लेख गरे । यस अभियानलाई एमालेसँग नजोड्न पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ४० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन