ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक « Khabarhub

ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ नलेख्ने सर्तमा छुटे फणिराज पाठक


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले छाडेको छ । पूर्वराजा शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरूमा गैरकानुनी रुपले ‘श्री ५ महाराजाधिराज’ भन्ने शब्द नलेख्ने वाचा गरेपछि उनलाई प्रहरीले छाडेको हो ।

पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरि सुचना निकाल्दै आएका पाठकलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको थियो । साँझ पौने ८ बजे प्रहरीले उनलाई कागज गराएर, अब यस्ता गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता लिएपछि परिवारको जिम्मा लगाएको हो।

प्रहरीले उनीसँग त्यससम्बन्धी सबै पोस्ट हटाउने, भविष्यमा त्यस्तो पोस्ट नगर्ने, र विज्ञप्तिमा यस्ता सम्बोधन प्रयोग नगर्ने वाचा गराएको छ।

यस घटनाले सामाजिक सञ्जालमा ‘श्री ५’ को प्रयोगलाई लिएर सुरु भएको बहसलाई थप चर्काएको छ। कतिपयले पूर्वराजालाई व्यक्तिगत श्रद्धाका आधारमा यस्तो सम्बोधन प्रयोग गर्न पाइने तर्क गरिरहेका छन् भने अर्कोतर्फ संविधानले मान्यता नदिएका पदवीको प्रयोग आपत्तिजनक भएको मत पनि पाइन्छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ४९ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी