टी–२० विश्वकप छनोट : जर्सीसँग पराजित हुँदै बाहिरियो स्कटल्याण्ड « Khabarhub

टी–२० विश्वकप छनोट : जर्सीसँग पराजित हुँदै बाहिरियो स्कटल्याण्ड


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपको छनोट चरणबाटै बाहिरिएको छ । टि–२० विश्वकप २०२६ को युरोपियन छनोट अन्तर्गत शुक्रबार भएको खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड छनोट चरणबाटै बाहिरिएको हो ।

स्कटल्याण्डले दिएको १३४ रनको लक्ष्य जर्सीले निर्धारित २० ओभरको अन्तिम बलमा पुरा गर्दै ऐतिहासिक जित निकालेको हो। प्रतियोगितामा स्कटल्याण्डले लगायतार दोस्रो हार ब्यहोरेको हो । यसअघि इटालीसँग १२ रनले पराजित भएको थियो ।

युरोपियन छनोट अन्तर्गत अहिले इटली र नेदरल्याण्ड्सबीचको खेल जारी छ । यदि इटलीले नेदरल्याण्ड्सलाई पराजित गर्न सफल भयो भने जर्सीले सहजै विश्वकपको टिकट पाउनेछ। तर नेदरल्याण्ड्सले इटलीलाई ठूलो अन्तरले हराए पनि जर्सीले रनरेटका आधारमा फाइदा लिन सक्छ।

योसँगै आगामी विश्वकपमा युरोपबाट कम्तीमा एक नयाँ राष्ट्र छनोट हुने भएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : १६ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने