टी–२० विश्वकप छनोट : जर्सीसँग पराजित हुँदै बाहिरियो स्कटल्याण्ड « Khabarhub

टी–२० विश्वकप छनोट : जर्सीसँग पराजित हुँदै बाहिरियो स्कटल्याण्ड


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपको छनोट चरणबाटै बाहिरिएको छ । टि–२० विश्वकप २०२६ को युरोपियन छनोट अन्तर्गत शुक्रबार भएको खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड छनोट चरणबाटै बाहिरिएको हो ।

स्कटल्याण्डले दिएको १३४ रनको लक्ष्य जर्सीले निर्धारित २० ओभरको अन्तिम बलमा पुरा गर्दै ऐतिहासिक जित निकालेको हो। प्रतियोगितामा स्कटल्याण्डले लगायतार दोस्रो हार ब्यहोरेको हो । यसअघि इटालीसँग १२ रनले पराजित भएको थियो ।

युरोपियन छनोट अन्तर्गत अहिले इटली र नेदरल्याण्ड्सबीचको खेल जारी छ । यदि इटलीले नेदरल्याण्ड्सलाई पराजित गर्न सफल भयो भने जर्सीले सहजै विश्वकपको टिकट पाउनेछ। तर नेदरल्याण्ड्सले इटलीलाई ठूलो अन्तरले हराए पनि जर्सीले रनरेटका आधारमा फाइदा लिन सक्छ।

योसँगै आगामी विश्वकपमा युरोपबाट कम्तीमा एक नयाँ राष्ट्र छनोट हुने भएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : १६ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा