इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या « Khabarhub

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको मृत्यु भएको छ । मारिएकामा चारजना अल जजिराका पत्रकार छन्। अल-शिफा अस्पतालले उनीहरू मारिएको पुष्टि गरेको छ ।

इजरायली सेनाले अल जजिराका पत्रकार अनस अल-शरीफलाई हमासको एउटा समूहको नेतृत्व गरेको आरोप लगाउँदै लक्षित गरी हत्या गरेको हो । गाजामा रहेका अर्का प्रमुख अल जजिरा पत्रकार मोहम्मद क्रेके पनि उक्त आक्रमणमा मारिएका छन्।

‘गाजाका सबैभन्दा साहसी पत्रकारमध्येका अनस अल-शरीफ र उनका सहकर्मीहरूको हत्या गर्ने आदेश, गाजाको कब्जा अघि उनीहरूको आवाज दबाउने हताश प्रयास हो,’ अल जजिराले आक्रमणपछि जारी गरेको विज्ञप्तिमा भनेको छ।

हत्या हुनु केही मिनेटअघि अल-शरीफले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि यो पागलपन अन्त्य भएन भने, गाजा भग्नावशेषमा परिणत हुनेछ, यहाँका जनताको आवाज बन्द हुनेछ, उनीहरूको अनुहार मेटिनेछ, र इतिहासले तपाईंहरूलाई त्यस्तो नरसंहारका मौन साक्षीको रूपमा सम्झिनेछ, जुन रोक्ने तपाईंले रोज्नुभएन।’

अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाका अनुसार, अल-शरीफ अन्य पत्रकारहरूसँग अल-शिफा अस्पतालको प्रवेशद्वार नजिकैको टेन्टमा रहेका बेला मारिएका थिए। उक्त आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको उनले बताए।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले अल-शरीफमाथि गाजामा हमासको एउटा समूहको नेतृत्व गरेर इजरायली नागरिक र सैनिकहरूमाथि रकेट आक्रमण गराएको आरोप लगाएको छ।

सेनाले यसअघि पनि दस्तावेजहरू देखाएर अल-शरीफको हमाससँगको सम्बन्धको प्रमाण रहेको दाबी गरेको थियो। ‘आईडीएफले गाजा पट्टीमा फेला परेका धेरै गुप्त जानकारी र दस्तावेज सार्वजनिक गरिसकेको थियो, जसले उनको हमाससँगको सैनिक सम्बन्ध पुष्टि गर्छ,’ आक्रमणपछि सेनाले विज्ञप्तिमा भनेको छ।

मिति नखुलेको एउटा तस्वीरमा अल जजिराका संवाददाता अनस अल-शरीफ र मोहम्मद क्रेके अल-शिफा अस्पतालको प्रवेशद्वारमा अन्य पत्रकारसहित टेन्टबाहिर उभिएका देखिन्छन्।

गत महिनामा, आईडीएले अल-शरीफलाई हमासको सदस्य भएको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए, ‘म पुनः पुष्टि गर्दछु: म, अनस अल-शरीफ, कुनै पनि राजनीतिक सम्बद्धता नभएको पत्रकार हुँ। मेरो एक मात्र मिशन भनेको भू-स्तरबाट बिनापक्षपाती रिपोर्ट गर्नु हो,’ उनले लेखेका थिए, ‘गाजामा प्राणघातक भोकमरी चलिरहेको समयमा, सत्य बोल्नु कब्जाधारीको नजरमा एउटा खतरा बनेको छ।’

पत्रकारहरूको सुरक्षा समिति (सीपीजे) ले जुलाईमा अल-शरीफको सुरक्षाबारे गहिरो चिन्तित रहेको जनाएको थियो । उनलाई हमाससँग मिलेको भनेर इजरायली सेनाले बदनाम गरिरहेकाले उनको हत्याअघिको पूर्वसंकेत हुनसक्ने विश्वास गरेका थिए। युद्ध सुरु भएको करिब दुई वर्षमा इजरायली आक्रमणमा १८६ जना पत्रकार मारिएका छन्।

संयुक्त राष्ट्रसंघले पनि अल-शरीफविरुद्धको इजरायलको आरोपलाई निराधारभनेको छ।

‘गाजाको उत्तरी भागमा अल जजिराका अन्तिम बाँकी पत्रकार अनस अल-शरीफविरुद्ध इजरायली सेनाको बारम्बार धम्की र आरोपप्रति म गहिरो रूपमा चिन्तित छु,’ दुई हप्ता अघि अभिव्यक्ति स्वतन्त्रताका लागि संयुक्त राष्ट्रको विशेष प्रतिवेदक आइरिन खानले भनेकी थिइन्।

विवाहित र दुई सन्तानका पिता अल-शरीफले आफ्नो मृत्युको अवस्थामा सार्वजनिक गर्नका लागि अन्तिम सन्देश तयार गरेका थिए, जुन उनका सहकर्मीहरूले सार्वजनिक गरेका थिए—

‘म तपाईंहरूलाई आग्रह गर्दछु यो शृङ्खलाले तपाईंको आवाज नथामोस्, सीमाले तपाईंको बाटो नछेकून्, र तपाईंहरू भूमि र जनताको मुक्तिको लागि पुल बन्नुहोस्, जबसम्म हाम्रो कब्जामा परेको मातृभूमिमा इज्जत र स्वतन्त्रताको घाम उदाउँदैन,’ अल-शरीफले लेखेका थिए।

इजरायली राजनीतिक विश्लेषक ओरी गोल्डबर्गले गाजा सहरमा अल जजिराका पत्रकारहरूलाई इजरायलले हत्या गरेको घटनालाई ‘लक्षित हत्या’ र ‘हत्याकाण्ड’ भनेका छन्।

‘यी पत्रकारहरू गाजाको लागि अन्तिम आशा थिए, जसले इजरायलको गाजा सहरविरुद्धको आसन्न सैन्य अभियानलाई बाहिरी संसारको ध्यानाकर्षणमा ल्याउन सक्थे। जब इजरायलले अनस अल-शरीफ र उनको टोलीका बाँकी सदस्यहरूको हत्या गर्‍यो, त्यो इजरायलको योजनाबद्ध प्रयास थियो, जसले यो अभियानको पत्रकारितामूलक कवरेज रोक्ने उद्देश्य राखेको थियो,’ उनले भने।

गोल्डबर्गले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई इजरायललाई जवाफदेही बनाउन पनि आग्रह गरे। ‘यो त्यो पेशागत एकता र सहकर्मीभावको मापदण्ड हो, जुन अरू पत्रकारहरूले गाजामा मैदानमा रहेर रिपोर्टिङ गर्ने ती साहसी पुरुष तथा महिलाप्रति देखाउनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ५८ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई