१४ वर्षमा पनि बनेन कमला नदीको पुल | Khabarhub Khabarhub

१४ वर्षमा पनि बनेन कमला नदीको पुल


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ। वि.सं.२०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन्।

पुल नबन्दा स्थानीयले अस्थायी रूपमा बनाइएको बाँस वा काठको पुलमार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। यही साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको अस्थायी पुल बगाएपछि आवतजावत ठप्प भएको थियो। हाल पुनः काठको संरचना बनाएर आवतजावत केही सहज बनाइएको भए पनि जोखिम यथावत् छ।

सिरहा – ६ का प्रवीण यादव भन्छन्, ‘पुल नबन्दा हामी वर्षौंदेखि सास्ती भोग्दै आएका छौँ। अहिले बनाइएको काठे संरचना जोखिमपूर्ण छ, तर त्यही बाटो भएर हामी हिँड्न बाध्य छौँ। मोटरसाइकलसहित यात्रा गर्दा झन् डर लाग्छ, तर विकल्प छैन। त्यसमा पनि यात्रुहरूमाथि मनपरी शुल्क असुली भइरहेको छ।” नगरपालिकाले निःशुल्क सञ्चालनको दाबी गरे पनि ५० सम्म तिर्नुपरेको उनको भनाइ छ।

पुल निर्माणको जिम्मा पहिले पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो। पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो। तर बाढीले दुई पाया भासिएपछि आवश्यक मर्मतका लागि आठ करोडको बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले पछिल्लो एक महिनादेखि काम रोकेको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी इञ्जिनियर रञ्जितकुमार रायका अनुसार निर्माण कम्पनीले तोकिएको म्यादमै काम रोकेकाले ठेक्का तोडेर लुम्बिनी बिल्डर्सलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ। सिरहा—६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, पुल नहुँदा बाढीपछिको समयमा पैदलयात्रुले बाँस चढेर वा डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था रहेको छ। कमला नदीमाथिको पुल अधुरो रहँदा हरेक वर्षको वर्षायाम स्थानीयवासीका लागि चुनौती बनेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : ०८ बजे

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरि जनसम्पर्क

छुट्टाछुट्टै स्थानमा दुईजना मृत भेटिए

बर्दिया– मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर

तुलसीपुरको स्मार्ट कृषिगाउँ ‘अक्कासी’

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ अक्कासीमा लुम्बिनी प्रदेश सरकारले ‘स्मार्ट’ कृषि

दक्षिणी जापानमा भारी वर्षाले बाढीपहिरो, कयौँ बेपत्ता

टोकियो– जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र

प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई