अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने « Khabarhub

अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने तयारी गरेको छ । प्रधानमन्त्री एन्थनी अल्बानिजले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिइने घोषणा गरेका छन् । 

यसअघि ब्रिटेन, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताइसकेको छन् । अल्बानिजले प्यालेस्टाइनी प्राधिकरण (पीए)ले सेना र हतियार कम गर्ने, आम चुनाव गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने प्रतिवद्धता अस्ट्रेलियासँग गरेको बताएका छन् । 

‘दुई देशलाई मान्यता दिनु एक यस्तो समाधान हो, जो मध्य पूर्वमा हिंसा समाप्त गर्न र गाजामा संघर्ष, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा उत्तम आशा हो,’ उनले भनेका छन् । 

उता गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु ‘आतंकवादलाई उपहार’ प्रदान गर्नु जस्तै भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ०२ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले