अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने « Khabarhub

अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने तयारी गरेको छ । प्रधानमन्त्री एन्थनी अल्बानिजले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिइने घोषणा गरेका छन् । 

यसअघि ब्रिटेन, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताइसकेको छन् । अल्बानिजले प्यालेस्टाइनी प्राधिकरण (पीए)ले सेना र हतियार कम गर्ने, आम चुनाव गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने प्रतिवद्धता अस्ट्रेलियासँग गरेको बताएका छन् । 

‘दुई देशलाई मान्यता दिनु एक यस्तो समाधान हो, जो मध्य पूर्वमा हिंसा समाप्त गर्न र गाजामा संघर्ष, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा उत्तम आशा हो,’ उनले भनेका छन् । 

उता गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु ‘आतंकवादलाई उपहार’ प्रदान गर्नु जस्तै भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ०२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज