भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते | Khabarhub Khabarhub

भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– रोजगारीका सिलसिलामा भारत पुगेका बाजुराका एक दम्पती बाढीपहिरोमा परी ज्यान गुमाएका छन् । भारतको उत्तराखण्डमा साउन २० गते आएको विनाशकारी बाढीपहिरोले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र उनकी २१ वर्षीया पत्नी प्रिया बुढाको ज्यान लिएको हो ।

उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढीपहिरोले उनीहरूको जीवन अकालमा अन्त्य गरिदिएको हो । रोजगारीका लागि छिमेकी मुलुक पुगेका रमेश र प्रिया दुबै जना प्राकृतिक प्रकोपको चपेटामा परेर सदाका लागि संसारबाट बिदा भए ।

उक्त घटनामा सोही गाउँपालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर–१ का प्रकाश बुढा (३६), पछना बुढा (२४), धन बुढा (२७), महेन्द्र महतारा (२८), जयन्द्र बुढा, वडा नम्बर २ का पसे बुढा (४९), दिनेश बुढा (२९), मानबहादुर बुढा (४२), रजबहादुर महतारा (३२), जनेश बुढा, पछी महतारा, बिर बुढा, वर्षनी बुढा रहेका छन् । 

यस्तै ७ महिनाकी बालिका अपसरा बुढा, बादल बुढा (३), मादप महतारा (२९), विपना बुढा, दिपेन्द्र महतारा (३४), मानबहादुर बुढा (३०), विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा रहेका छन् ।

गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सुदूरपश्चिमका नागरिकहरू छोराछोरीको पालनपोषण र घरखर्चका लागि रोजगारीका सिलसिलामा भारतसहित अन्य मुलुक पुग्ने गरेका छन् । तर, वर्षेनी यस्ता दुर्घटनामा परी कैयौँ नेपाली घाइते हुने वा ज्यान गुमाउने घटनाहरू दोहोरिँदै आएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ३५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै