गण्डकीमा ७ निर्देशनालय र १८५ दरबन्दी कटौती, कर्मचारीमा असन्तुष्टि | Khabarhub Khabarhub

गण्डकीमा ७ निर्देशनालय र १८५ दरबन्दी कटौती, कर्मचारीमा असन्तुष्टि


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

पोखरा– बढ्दो प्रशासनिक खर्च घटाउने भन्दै गण्डकी प्रदेश सरकारले ७ वटा निर्देशनालय खारेज गरी मन्त्रालयमा गाभ्ने र १८५ कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार यो कदमले तत्कालै प्रदेश सरकारको करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक भार कम हुनेछ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ती निर्देशनालयबाट प्रदान हुने सेवा सम्बन्धित मन्त्रालयबाटै दिने, जिल्लाका केही कार्यालयका सेवा एकीकृत गर्ने र संघका कर्मचारी फिर्ता पठाउने निर्णय गरेको हो । 

प्रदेशको प्रशासनिक संरचना बोझिलो भएको निष्कर्षसहित सरकारले २०८१ चैतमा नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठन गरेको ‘प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति’को प्रतिवेदनका आधारमा यो निर्णय लिएको हो ।

तर, सरकारको यो निर्णयप्रति कर्मचारीहरूले भने गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । आधिकारिक ट्रेड युनियनहरूले सरोकारवालासँग पर्याप्त छलफल नगरी एकतर्फी रूपमा निर्णय गरिएको भन्दै यसले कर्मचारीको मनोबल गिराउने र वृत्ति विकासमा असर पार्ने बताएका छन् । समायोजन हुने कर्मचारीको भविष्य र कार्यविवरणबारे स्पष्टता नहुँदा अन्योल बढेको उनीहरूको गुनासो छ ।

यो निर्णयसँगै गण्डकी प्रदेश प्रशासनिक खर्च घटाउने प्रयासमा अघि बढे पनि खारेज भएका संरचनाका कर्मचारीको उचित व्यवस्थापन र सेवा प्रवाहलाई पहिलेभन्दा चुस्त बनाउनु सरकारका लागि प्रमुख चुनौती हुनेछ । कर्मचारीको मनोबल र सेवाको प्रभावकारितालाई एकसाथ अघि बढाउन सके मात्र यो पुनर्संरचना सफल मानिनेछ ।

खारेजीमा परेका र गाभिएका कार्यालय र कटौती भएका दरबन्दी :

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ०९ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै